एक महिनामै भारतमा ६ सय ६० माझी बेपत्ता

धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६ सय ६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सीमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् । गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टि भइसकेको एएफपीले जनाएको छ । प्रतिघण्टा १३०…