अमेरिका र रुसका उच्च स्तरीय कूटनीतिज्ञहरू साउदी अरबमा भेला भइ बिग्रेका सम्बन्धहरू पुनःस्थापित गर्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको सुरुआत गर्ने वार्तामा सरिक भएका छन् । साउदी राजधानीको दिरियाह दरबारमा मङ्गलबार बिहान (१८ फेब्रुअरी) अमेरिका र रुसी कूटनीतिज्ञहरूबीच बैठक सुरु भएको रियादका पत्रकारहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुई देशबीचको…