भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड-१९ विरुद्धको खोपको एक लाख डोज उपहार प्रदान गरेको छ । काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई उपहारस्वरुप खोप हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा लेफ्टिनेन्ट जनरल अनन्थनारायणले…