आर्थिक नियमविपरीत गइ प्रभु बैंकले अवैधानिक क्रियाकलाप गरेको आशंकामा नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्से’ले सो बैंकको कारोबार रोक्का गरेको छ । प्रभु बैंकले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको शंका गर्दै बैंकसँग ७ दिने स्पष्टीकरणसहित नेप्सेले कारोबार रोक्का गरेको हो । बताइएअनुसार प्रभु बैंकले लाभांश वितरणका सम्बन्धमा धितोपत्र सूचीकरण विनियमावली २०७५ को नियम ५ गम्भीर उल्लंघन…