फेरि उठ्ने ठाउँमा पुगे प्रचण्ड

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भएको फैसलाले माओवादी अध्यक्ष प्रचण्डलाई निकै ठूलो राहत महसूस गराएको छ । गत पुस ५ गते संसद् विघटनको घटना हुनुअघिसम्म संसदमा प्राप्त करिव दुई तिहाइ बहुमतको हैसियतलाई उपयोग गर्दै समाजवादी (एकदलीय) व्यवस्थामा छलाङ मार्ने प्रयास गरिरहेका प्रचण्ड त्यसयता निकै रक्षात्मक स्थितिमा पुगेका थिए । गत फागुन ११ गते संसद् पुनस्र्थापना…