नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वको सक्रियतामा विवादित रेल्वे ठेक्कामा व्यवसायीलाई लाभ पुग्ने गरी कार्टेलिड (मिलेमतो) गरिएको समाचार सार्वजनिक भएपछि सो महासंघ प्रतिवादमा उत्रिएको छ । रेल्वे विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ६ किमि) खण्डको रेल्वे ट्र्याकबेड बनाउन बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा महासंघ नेतृत्वको अगुवाइमा…