राष्ट्रिय निकुञ्जका दृश्यलाई चित्रमा उतार्दै विदेशी कलाकार

नेपालसहित तीन देशका कलाकार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरिपरि बस्तीका विभिन्न दृश्यलाई चित्र (आर्ट)मा उतारेका छन् । चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी तथा विदेशी कलाकारले दृश्यमा चित्र उतारेका हुन् । आरक्ष किनारको शुक्लाफाँटा जंगल कटेलमा कलाकार बिहानदेखि चित्र बनाउन व्यस्त हुने गरेका छन् । ‘प्रकृतिका लागि कला’ भन्ने नारासहित आएका…