प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचारप्रसारलगायतका कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न(नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिएका छन् । बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी संघ संस्थाद्वारा प्रस्तुत नागरिक अपिल ग्रहण गर्दै उनले निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारबाट हुनसक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्न आयोगले सचेत पारेको…