डडेल्धुरामा चुनावी सरगर्मी बढ्दो, देउवा र भट्टवीच कडा टक्कर

चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ । डडेल्धुरास्थित ठूला राजनीतिक दलका झण्डा र पर्चा पम्पलेटले सदरमुकाम बागबजार भरिभराउ भएको छ । झण्डा र पर्चा पम्पलेट र ब्यानरले जिल्ला सदरमुकामजस्तै गाउँबस्ती पनि रंगिचंगी भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जित्नुभएका…