ग्राहक पहिचान विवरण नवीकरण नगर्नेलाई शेयर कारोबार गर्न नदिन धितोपत्रले बोर्डले शेयर व्यवसायीलाई निर्देशन दिएको छ । बोर्डले वैशाख मसान्तभित्रमा ग्राहक पहिचान विवरण नवीकरण नगराउने ग्राहकलाई शेयर कारोबारमा संलग्न नगराउन निर्देशन दिएको हो । बोर्डले धितोपत्र बजारमा कालोधन भित्रिन नदिन ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका’ लाई थप सृद्धढ बनाउने जनाएको छ…