नेपाली राजनीति र विकृत यथार्थ

– कृष्ण पहाडी एउटा यात्री निवासमा नवआगन्तुकले प्रबन्धकसमक्ष अनुरोध गरे, ‘कृपया मलाई एउटा शान्त कोठा उपलब्ध गराइदिनुस् ।’ प्रबन्धकको जवाफ थियो, ‘हाम्रा सबै कोठाहरू शान्त छन्, केवल यात्रीहरू मात्र हल्ला गर्छन् । नेपालको राजनीतिमा ठीक यस्तै प्रकारको बहस अहिले प्रारम्भ भएको छ । राजनीतिक चरित्र नै नभएका मानिसहरू राजनीतिमाथि हावी हुन थालेपछि मुलुकको दुर्दशा भयो…