■ बबिता बस्नेत यो संसारमा सबैभन्दा प्रभावी मानव को हो ? भनेर कसैले सोध्यो भने यो पङ्क्तिकारको जवाफ हुन्छ- सिद्धार्थ गौतम, जो आफ्नै प्रयासले बुद्ध बन्नुभयो । गौतम बुद्धको बारेमा गहिरिएर नबुझ्दासम्म उक्त प्रश्नको जवाफ अरु नै दिइयो । कसैको साहसले प्रभाव पाऱ्यो, कसैको बौद्धिकताले त कसैको इमान्दारीले, तर गौतम बुद्ध यस्ता महान् ब्यक्तित्व हुनुहुन्छ…