मिडिया र सामाजिक सञ्जालको सम्बन्ध द्वैध छ । अवसर र चुनौती, पहुँच र नियन्त्रण, स्वतन्त्रता र निर्भरता सामाजिक सञ्जाल बन्द हुँदा स्पष्ट देखिन्छ । पहुँच र आम्दानी घट्छ, तर दीर्घकालीन रूपमा पत्रकारिताको मौलिकता, अनुसन्धान र स्वतन्त्रता बलियो बनाउन सकिन्छ । मिडियाले आफ्नो प्लेटफर्म, पाठक समुदाय र आय मोडल सुदृढ गर्न सके मात्र यस्तो चुनौतीलाई अवसरमा…