महाभूकम्प र आमाको माया – मोहनकृष्ण श्रेष्ठ

वि.सं. १९९० माघ २ को महाभूकम्प आउँदा मेरी आमा १० वर्षकी हुनुहुन्थ्यो । त्यसबेला मखनमा रहेको बाजेको घरको माथिल्लो तल्लामा रहेको दलिन जोडले समातेर बसेको र निकैबेर घर हल्लाएर भूकम्प आफैँ त्राहिमाम भएको कुरा उहाँ कहिलेकाहीँ सुनाउनुहुन्थ्यो । यस सन्दर्भमा गत हप्ता (१२ वैशाख २०७२) मा पुनः ८२ वर्षपछि आएको महाभूकम्पलाई मेरी आमाले फेरि एकपटक…