मूलले होइन भूगोलले दिन्छ पहिचान – ई. महेन्द्र पराजुली

मानिसलाई मूलले होइन भूगोलले पहिचान दिन्छ भन्ने कुरा विनाशकारी भूकम्पपछि देखिएको हिमाल, पहाड र तराईवासी नेपालीबीचको आपसी सहयोग, सद्भाव, हार्दिकता अनि न्यानो सम्बन्धले पुष्टि गरेको छ । कुनै भूगोलमा बस्ने समुदायको भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र संस्कार नै पहिचान हो । अनेकतामा एकताको सूत्रमा बाँधिएका हामी नेपाली पहाडे र मधेसीबीच जुन विभाजनको रेखा कोरिँदै छ…