यो सुनुवाइ कि मानमर्दन ?

उच्च महत्वका नियुक्तिहरूमा सुनुवाइ गरिने वैधानिक प्रावधानको सांसदहरूले हदैसम्म दुरुपयोग गरेपछि सुनुवाइको अवधारणाबारे पुनर्विचार गर्न बहस चलाउनुपर्ने अवस्था आएको छ । नियुक्तिलाई अन्तिम रूप दिनुपूर्व कतिपय प्रजातान्त्रिक मुलुकमा प्रस्तावित उम्मेदवारले संसदीय सुनुवाइको चरण पार गर्नुपर्ने व्यवस्था छ । त्यसरी सुनुवाइ गरिँदा सांसद र उम्मेदवारहरूले निश्चित सर्तहरूको पालना गर्नुपर्ने हुन्छ । सांसदहरूले व्यावसायिक दक्षता र व्यक्तिगत…