विवादमा न्यायपरिषद्

न्यायिक नियुक्तिको इतिहासमा निष्पक्ष र पन्पक्षका खेल कति खेलिए या खेलिएनन्, यसको तथ्यगत फेहरिस्त उपलब्ध छैन । न्यायाधीश नियुक्तिमा यदाकदा विवाद सिर्जना हुने गरेका छन् र त्यस्ता विवादको सहजै किनारा लाग्दै आएका पनि छन् । तर, यससम्बन्धी विवादका पुराना रेकर्डलाई धुलिसात तुल्याउने गरी यसपटक सर्वोच्चका स्थायी न्यायाधीश नियुक्तिका लागि गरिएको न्यायपरिषद्को सिफारिस ऐतिहासिक तवरमा विवादित…