पहाड खनेर मुसो नभेटिने नेपालको राजनीति

– एस. शाह खुट्टा अटाउने र अड्याउने स्थान पनि नभएको अप्ठ्यारो र डरलाग्दो भीरमा चढेर घोरल तथा नाउरको सिकार गर्न खोज्ने सिकारीहरू नै कहिलेकाहीँ आफ्नै बन्दुकको घोडा (ट्रिगर) वा आवाजको धक्काले धकेलिएर लापरबाहीको सिकार बनेका हुन्छन् । कुन दिशातर्फ ढाल्नका निम्ति रूखको फेदलाई सर्वप्रथम कहाँबाट काट्न थाल्नुपर्दछ भन्ने व्यावहारिक ज्ञान नभएका दाउरेहरूलाई कहिलेकाहीँ ढाल्न खोजिएको…