लाहुरको कमाइले आफ्नै गाउँमा विद्यालय बनाउने सपना

—मुक्तिनाथ भुसाल अर्घाखाँची क्षेत्र नं. २ अन्तर्गत जलुगे गाविसका केही गाउँ नेपालकै कर्णालीजस्तै बनिरहेका छन् तापनि, वर्षौंदेखि सरोकारवालाहरू बेखबर बनेजस्तो गरेका छन् । प्रायजसो जुनसुकै सरखार आए पनि मन्त्री पाउने यो जिल्लाका मान्यजनलाई थाहा नभएको हो वा जनताप्रति वफादार नबनेको हो ? एउटा चासोको विषय बनेको छ । जलुगे गाविस– ७ हाडेस्यालामा ७० घरधुरी बसोबास…