एमाओवादीको नियत र नियति

एकढिक्का भई पार्टी पुनर्निर्माण गरेर नयाँ ढङ्गले अघि बढ्ने उद्देश्य दर्शाउँदै राष्ट्रिय सम्मेलन आयोजना गर्न पुगेको एकीकृत नेकपा माओवादी विराटनगर सम्मेलनपछि उल्टै गम्भीर विवाद र गुटगत राजनीतिको सिकार बन्न पुगेको छ । राजनीतिक जोडघटाउ या छक्का–पञ्जामा सीमित नरही अब मुलुकको विकास–निर्माण तथा आर्थिक समृद्धितर्फ परिलक्षित हुने र त्यसका लागि पार्टीलाई नयाँ शक्तिपुञ्जका रूपमा रूपान्तरण गरी…