कसबाट जोगाउने काङ्ग्रेसलाई ?-देवप्रकाश त्रिपाठी

गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा नेपाली काङ्ग्रेसको भविष्य कस्तो होला भन्ने चिन्तायुक्त प्रश्नको उपादेयता अब समाप्त भएको महसुस गर्न थालिएको छ । बढ्दो जनआकर्षण र स्वस्फूर्त रूपमा प्रकट ऊर्जाले काङ्ग्रेसलाई सुस्पष्ट दिशा र नयाँ गति दिने विश्वास बढाएको छ । बाह्रौँ महाधिवेशनका क्रममा भएको आन्तरिक प्रजातन्त्रको अभूतपूर्व अभ्यास र कार्यकर्ताहरूमा बीपी विचारप्रति बढ्दो मोहले काङ्ग्रेसको सुदृढ भविष्यको…