समय-समयको कुरा -बबिता बस्नेत

मुलुकमा गणतन्त्र घोषणा भएपछि यो मुलुकका क्रान्तिकारी राजनीतिक कार्यकर्ताहरूले नेपाल देशका निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिकमा आक्रमण गरेर आफ्नो पहिलो बहादुरी देखाएका थिए । विभिन्न जिल्लामा राष्ट्रनिर्माताका सालिकहरू धमाधम ढालिँदै जाँदा कुनै पनि राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरूले एक शब्द पनि बोल्ने साहस गरेनन् । मुलुकमा भर्खर-भर्खर गणतन्त्र आएको बेला सालिक ढाल्नेको विरोधमा…