भू.पू गुर्खा सैनिक गणेश राईले आफ्नो पहिलो पुस्तक 'राइफको नालबाट जीवन नियाल्दा'मा 'पोकाएर' भन्ने एक शब्द राखेका थिए । पोको बोकाएर भन्ने शब्दहरुलाई जोडेर पोकाएर भनिएको मलाई भने अत्यन्तै मीठो लागेको थियो । 'म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु...' भन्ने गतिबाट नेपाली साँगीतिक क्षेत्रमा तुरुन्तै चर्चामा आएका मुरलीधरले उक्त गीतलाई गजल नभनी गीतल भन्नु…