केपीको चले माधव, देउवाको चले रामचन्द्र

आन्तरिक र बाह्य शक्तिकेन्द्रहरूले आफूअनुकुलको पात्रलाई राष्ट्रपति बनाउने प्रयास गरिरहेका भएपनि प्रमुख दलका नेताहरूले रणनीतिक बाध्यताको उम्मेदवार तय गर्नुपर्ने स्थिति बनेको छ । केपी ओलीले राष्ट्रपति चयन गर्ने मौका पाएका भए उनले ईश्वर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य या त्यस्तै कसैलाई रोज्न सक्थे । प्रचण्डको इच्छाअनुरुप हुन्थ्यो भने शेरबहादुर देउवा नै राष्ट्रपति बन्नुपर्ने हुन्थ्यो…