विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरी चरणबद्ध रूपमा उद्धार गर्न सुझाव

सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारतलगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्ध रूपमा उद्धार गरिनुपर्ने बताएका छन् । सिंहदरबारमा आज (४ जेठ) बसेको समितिको बैठकका सहभागी सांसदहरुले कोरोना भाइरसका कारण विदेशमा जोखिममा परेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न नहुने धारणा राखेका थिए । समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाइरसको महामारीबाट…