प्रचण्ड महासचिवका निम्ति वर्षमान पुनको विकल्प देख्दैनन्, त्यसैले उनको चल्यो भने वर्षमान नै महासचिव चयन हुनेछन् । तर जनार्दन शर्माले तर्साए भने प्रचण्ड तर्सिने स्थिति छ, जनार्दनले राम्रैसँग तर्साएको स्थितिमा मात्र उक्त जिम्मेवारी उनले पाउने सम्भावना छ । चौँतीस वर्षपछि नेतृत्व परिवर्तनको अवसर आउँदा पनि माओवादीका नेता-कार्यकर्ताहरूले समयको सदुपयोग गर्न नसकेपछि प्रचण्डको एकल नेतृत्वले विधिवत…