प्रहरी ज्यादतिको विरोधमा नेवि संघले जलायो प्रधानमन्त्रीको पुत्ला

बाँकेको कोहलपुरमा स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतिको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । शान्ति सुरक्षामा प्रधानमन्त्री ओली चुकेको र स्कुले बालबालिकामाथि प्रहरीले अन्धाधुन्ध लाठी र गोली चलाउँदा पनि मुकदर्शक बनेको भन्दै संघले आज (२३ मंसिर) राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पुत्ला जलाएको हो । नेवि संघका नेता–कार्यकर्ताले सरकार र…