संस्थापन पक्षसँग असन्तुष्ट हुँदै बेग्लै अभियान सञ्चालन गरिरेहका माधव नेपाल, झलनाथ खनाललगायतका एमाले नेताहरुले आफूहरुलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा संयुक्त अपिल जारी गर्दै केपीविरोधि एमाले नेताहरुमध्येका पन्ध्र नेताले आफूहरुले पार्टी एकता जोगाउनका लागि कसरत गरिरहेको दाबी पनि गरेका छन् । जारी…