चिकित्सा शिक्षा विधेयक पर्याप्त छलफलपछि पास भएको हो : सभामुख

सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पु¥याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताएका छन् । दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभामुख महराले प्रक्रिया पु¥याएर पारित भएको विधेयकलाई कसैले पनि आन्दोलनको विषय बनाउन नहुने धारणा राखे । प्रतिपक्षको सहमतिमा संसदीय समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसदमा पनि असहमति जनाएको भए…