हालै सम्पन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवासँग हात मिलाएर चर्चा बटुलेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने अभिव्यक्ति दिएर कार्यकर्तालाई रनभुल्ल तुल्याएका छन् । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ (तनहुँ)ले मंगलबार नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता…