टीकापुरको बहुचर्चित घटनाका दोषी रेशम चौधरी अन्ततः आधिकारिक रुपले सांसद बनेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । विहीबार अपरान्ह सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा चौधरीले थारु भाषामा पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ दिलाउनकै निम्ति हतार-हतार डिल्लीबजारस्थित सदर खोरबाट छुटाएर उनलाई सिंहदरबार…