सर्लाहीको रामनगर गाउँपालिका–४ बोहर्वामा नेपाली काङ्ग्रेसका कार्यकर्तामाथि गरिएको आक्रमण र हत्या प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बेग्लै तर्क अघिसारेको छ । नेकपा सर्लाही पार्टी संयोजन जिल्ला कार्यदल सदस्य रेवती पन्तको नाममा विज्ञप्ति जारी गर्दै ‘दुईपक्षबीच भएको झडपमा गोली लागी मृत्यु भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग’ समेत गरिएको छ…