प्रतिपक्षी काङ्गे्रसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आज आइतबारदेखि सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो । प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा काङ्गे्रसले चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो ।…