विधान महाधिवेशनको संघारमा एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार (१९ भदौ) अपराह्न ३ः०० बजे सचिवालय बैठक बस्नेछ । बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने जानकारी दिँदै गौतमले तीनवटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसनमा प्रस्तुत…