मन्त्री छनोटका लागि काङ्ग्रेसले मापदण्ड बनाउने

नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार (२९ असार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको हो । काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता…