नदी समस्या पार लगाउन पत्रकारको प्रदर्शन

- हेमशंकर सिंह राजविराज । खाडो नदीको नियन्त्रण र सो नदीको पानीको बहावलाई लिएर वर्षेनी नेपाल र भारतबीच हुने गरेको द्वन्द्वको स्थायी समाधानको माग गर्दे शुक्रबार सप्तरीका पत्रकारहरुले पदयात्रा र प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ शाखा (सप्तरी)सम्बद्ध सञ्चारकर्मीहरुले महासंघको ६३औं स्थापना दिवसको अवसरमा सदरमुकाम राजविराज देखि सिमावर्ती दशगजा क्षेत्रसम्म पदयात्रा गरेका हुन् ।…