नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज दिउँसो बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न स्थायी कमिटीको बैंठक बस्न लागेको हो । निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सो बारेमा छलफल गर्न आज दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिए । वाम…