नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु जरुरी रहेको बताएका छन् । चितवनको रत्ननगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्ण महोत्सव समारोहको आज समापन गर्दै उनले पर्यटनको विकासबिना समृद्धि सम्भव नहुने दाबी गरे । उनले नेपाल बहुसांस्कृतिक देश भएकाले यहाँका मठ, मन्दिर र महत्वपूर्ण सम्पदाको संरक्षण गर्नु जरुरी रहेको…