राष्ट्रपतिबाट अध्यादेश रोक्ने संवैधानिक प्रावधान छैन : नेता निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताएका छन् । रामानन्द युवा क्लबद्वारा आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु राष्ट्रमा अन्योल सिर्जना गर्नु हो भने । सरकारले आमनिर्वाचन पूर्व नै अध्यादेशमार्फत एकल सङ्क्रमणीय पद्धतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गराउनुपर्छ भनी…