‘नागरिक नै प्रहरीको शक्ति’

परासी/ नवलपरासीको कावासोतीमा एक कार्यक्रममा बोल्ने वक्ताहरूले अबका प्रहरीले घमण्ड र अहमतालाई त्यागेर नयाँ ढङ्गबाट प्रस्तुत हुनुपर्ने बताएका छन् । अबको प्रहरी अनुशासित भएर आउनुपर्ने भन्दै वर्तमान समयमा प्रहरीका अनुसन्धान फितलो भएको आरोपसमेत उनीहरूले लगाए । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरी–नागरिकको सहकार्यसम्बन्धी अन्तरक्रियाका वक्ताहरूले त्यस्तो भनाइ राखेका हुन्…