चिनियाँ राष्ट्रपतिको नेपाल आगमन अन्योलमा परेको समाचार चर्चामा रहेकै बेला दक्षिण छिमेकी भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने तिथि तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति मुखर्जीले अगामी कातिक १७ देखि १९ अर्थात् नोभेम्वर २ देखि ४ सम्म नेपालको भ्रमण गर्दै हुनुहुन्छ । दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रालय मित्रराष्ट्र भारतका…