नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा उल्लेख गरिएअनुसार आगामी फ्रेबु्रअरीको दोस्रो साता काठमाडौँमा दुई देशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलनको…