राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध लगाइएको महाभियोग तीन दलको नौटंकी रहेको आरोप लगाएका छन् । उनले महाभियोग तीन दलको फोहोरी खेल रहेको बताए । महोत्तरीको विजलपुरा गाउँ विकास समितिमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष भण्डारीले भने, ‘अख्तियारका…