घरेलु मैदानमा गोल गर्न चुक्यो नेपाली टोली

किर्गिस्तानसँगको खेलमा गोलरहित बराबरी नतिजा नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा किर्गिस्तानको यु-२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तानविरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो । मध्यान्तरअघि र पछिको खेलमा नेपाली…