राखेपद्वारा कर्मचारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद्ले आफू मातहतमा कार्यरत विभिन्न निकायका कर्मचारीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे । प्रदान गरिएका सामाग्रीमा पीपीई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, सेनिटाइजर, चस्मा…