चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा शनिबार सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेण्ड रनरअप १९ वर्षकी अलिशाकली भएको छ ।…