राष्ट्रिय खेलकुद नीति

-श्रीविक्रम नहुनु मामाभन्दा कानै मामा ठीक 'काग कराउँदै छ, पिना सुक्दै छ' भन्ने आख्यानलाई खेलकुदमा उतार्दै आएको सरकारको घैैंटोमा बल्ल घाम लागेको छ । ढिलै भए पनि छोरैको रूपमा राष्ट्रिय खेलकुद नीति २०६७ लाई र्सार्वजनिक गरेको छ । 'खेलकुद नीति'बेगर अस्तव्यस्त बन्दै गएको खेलकुदलाई समेट्न राष्ट्रिय खेलकुद नीतिको आवश्यकता उहिल्यै देखिए पनि सरकारले निभाएको गैरजिम्मेवारी…