शिक्षक नियमित हाजिर नभएपछि १३ विद्यालयको खाता रोक्का

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १३ सामुदायिक विद्यालयको खाता रोक्का गरेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमनपछि यहाँका १३ विद्यालयको खाता रोक्का गरिएको हो । आधारभूत विद्यालय गोइरी, अंगेरी, लहरेसिमल, जोगिनेटालगायत अन्य विद्यालयको खाता रोक्का गरिएको हो । विद्यालयमा नियमित नपढाउने र प्रायः अनुपस्थित हुने शिक्षक तथ्यांकका आधारमा विद्यालयको खाता रोक्का गरिएको नगरप्रमुख विशाल शर्माले…