भारतीय स्टिल उद्योगमा विस्फोट हुँदा नौजनाको मृत्यु

भारतको मध्यक्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टिल कारखानामा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राईपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टिल प्राधिकरणअन्तर्गतको भिलाई स्टिल उद्योगको ग्यास पाइपलाइन विस्फोट हुँदा भएको घटनामा नौजनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएको भारतीय प्रहरी महानिरीक्षक जीपी सिंहले सञ्चारमाध्यमलाई बताए…