मृतकका परिवारले शव बुझे

तनहुँको दमौलीमा भएको एक युवकको मृत्युको घटनामा मृतकका परिवारजनले तीन दिनपछि बिहीबार शव बुझेका छन् । दमौली अस्पतालमा शव परीक्षणपछि उनीहरुले शव बुझेका हुन् । तनहुँको व्यास नगरपालिका–२ बाराही कलेज नजिकै बुल्दी खोलामा मंगलबार बिहान २३ वर्षीय ओमबहादुर विकको शंकास्पद ढंगबाट मृत्यु भएपछि हत्या भएको भन्दै त्यसमा संलग्न व्यक्तिलाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने भन्दै मृतकका…