पानी पर्न छाडेपछि विद्युत् उत्पादन घट्दै, व्यवस्थापनमा चुनौती

मङिसरको दोस्रो सातासम्म पनि हिउँदे पानी नपर्दा र हिमालको हिउँ नपग्लँदा हिमनदीमा पानीको मात्रा कम भई ‘रन अफ द रिभर’ प्रणालीमा आधारित आयोजनाबाट गत वर्षको भन्दा कम्तीमा ५० मेगावाट बिजुली कम उत्पादन हुन थालेको छ । यसबाट नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली प्रभावित हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार नदीमा पानीको मात्रा कम…